पोखरिया, साउन ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पोखरिया नगरपालिकाका मेयर उम्मेदवार दिलीप ठाकुरको नेतृत्वमा वडा नं. ३, बसनपुर टोलमा स्थानीय निर्वाचनको तयारी तथा समसामयिक विषयमा स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीयवासीसँग आगामी स्थानीय निर्वाचन, नगरको विकास, सुशासन, जनसरोकारका विषय तथा स्थानीय समस्याबारे खुला छलफल गरिएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा रोजगारीलगायतका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा रास्वपाका उपसभापति श्रीनिवास साह कनु, सचिव बिनय साह, वसन्त पटेल, लालबाबु यादव, कृष्णा साह कानु तथा वडा समितिका सभापतिसहित अन्य पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी जितेन्द्र प्रसाद चौहान, सन्तोष प्रसाद चौहान, राजु प्रसाद चौहान र अर्जुन कन्करलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको पनि सक्रिय सहभागिता रहेको थियो।
मेयर उम्मेदवार दिलीप ठाकुरले स्थानीयवासीबाट प्राप्त सुझाव र जनअपेक्षालाई पार्टीको आगामी कार्ययोजना तथा प्रतिबद्धतामा समेट्दै जनताको साथ, विश्वास र सहभागिताले मात्रै सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि जनतासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने रास्वपाले जनाएको छ।