काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा समानुपातिक सांसदका लागि ५७ जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले तोकेको क्लष्टरअनुसार ४८ महिला र ९ पुरुषको सूची आइतबार आयोगमा बुझाइएको हो।
खसआर्य (१७ जना, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य), विधुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको), ज्ञानु पौड्याल, प्रभा ढकाल।
पुरुषतर्फ: रमेश प्रसाईं।
आदिवासी जनजाति (१६ जना, ३ पुरुष)
बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजू, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ।
पुरुषतर्फ: राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा।
मधेशी (९ जना, २ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी।
पुरुषतर्फ: पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण।
दलित (८ जना, १ पुरुष)
रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक।
पुरुषतर्फ: प्रकाशचन्द्र दर्जी।
थारु (४ जना, २ पुरुष)
गीता चौधरी, करिश्मा कठरिया।
पुरुषतर्फ: सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी।
मुस्लिम (३ महिला)
समिना मियाँ, अफ्साना बानु, गजाला समिम मिकरानी।