बिरगंज, ०२ माघ
पर्साको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका स्तरिय बैठक आज समपन्न भएको छ।
नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता र केन्द्रीय सदस्य राजकुमार गुप्ताको प्रमुख अतिथ्यमा बैठक समपन्न भएको हो।
बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै फागुन भित्र सम्पूर्ण वडा देखि लिएर पालिका कमिटी सम्मको अधिबेशन गर्ने निर्णय गरिएको पालिका कमिटीका सचिव राजेश सहनिले जनकारी दिए।
उनका अनुसार बिगतको लामो समय देखि नेपाल सुशासन पार्टीमा क्रियाशील सदस्य रहि काम गरिरहेका मक्सुल अंसारी आज नेकपा एमालेमा प्रवेश गरेका हुन। उहाँलाई केन्द्रीय सदस्य गुप्ताले खादा टिका लगाई पार्टीमा स्वागत गरेको बताए।
बैठकलाई सम्बोधन गर्दै मंसिर ४ गते समपन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पालिका कमिटीले खेलेको भुमिका प्रति प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले पालिकाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा जनतासंग गरेको प्रतिबद्धतालाई सर्वोपरी राखि अगाडी बढने बताए।
बैठकमा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, पालिका कमिटी ईन्चार्ज बिकास पान्डे, स्थानिय नेता , हमिद मिया, रामबाबु चौरसिया, रामशेवक पान्डे, बृजकिशोर यादव, सिकेन्द्र सहनि, मनिष यादव, गाया चौहान,अनिरुद्र यादव,बलिराम यादव , रामप्रवेश बैठा,भरथ यादव,मदन साह कानु,दिनेश साह कानु लगायतको उपस्थिति रहेको थियो।