वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा टोलस्थित नहर नजिक श्री महावीर मन्दिर निर्माणका लागि श्री महावीर मन्दिर निर्माण समितिद्वारा चन्दा सङ्कलन अभियान सुरु गरिएको छ। हिजोदेखि गाउँ तथा नगर क्षेत्रमा अभियान सञ्चालन गर्दै स्थानीयवासीहरू धार्मिक कार्यमा सक्रिय रूपमा जुटेका हुन्।
समाजसेवी दिपु कानुले धर्म र सामाजिक एकताको भावनालाई मजबुत बनाउन सबैलाई सहयोगका लागि आग्रह गरेका छन्। उनले भने, “आऊँ, हामी सबै मिली धर्मको कार्यमा साथ र सहयोग गर्दै अगाडि बढौँ र मन्दिर निर्माण अभियान सफल बनाऔँ।”
अभियानमा बिसञ्जन साह कानु, बिशाल, धिरज साह कानु, सुदर्शन साह कानु, मन्टु हजरा, लक्ष्मी यादव, सोहित यादव, शेखर पटेल, सागर पाल, डिलिट सराफ, राजा सराफ, हरबड पटेल, दिलीप साह कानु लगायत लक्ष्मणवावासीहरूको सक्रिय साथ र सहयोग रहेको बताइएको छ।
स्थानीयवासीहरूले धार्मिक आस्था र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन मन्दिर निर्माण महत्वपूर्ण रहेको बताएका छन्। अभियानप्रति गाउँ–नगरबाट सकारात्मक सहयोग जुट्न थालेपछि निर्माण कार्यप्रति उत्साह थपिएको निर्माण समितिले जनाएको छ।