पर्सा- नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजराले पूर्व प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेको दाबी गरेका छन ।
एमाले नेता हजराले शनिवार बिहान संचारकर्मीसंग कुरा गर्दै ओलीले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय दृष्टिकोण र देशभक्तिपूर्ण राजनीतिले विदेशी स्वार्थविरुद्धको मोर्चा खडा गरेको कारण नै यस्तो षड्यन्त्र भएको दाबी गरेका हुन ।
नेकपा एमालेका पर्सा जिल्ला ईन्र्चाज समेत रहेका नेता हजराले “अध्यक्ष ओली राष्ट्रवाद, समृद्धि र विकासका प्रतीक हुन । उहाँले मुलुकको स्वाभिमान र स्वतन्त्रतालाई सर्वोपरि मानेर काम गर्नुभएको छ । यही कारणले केही अन्तर्राष्ट्रिय शक्ति र स्वार्थी समूहहरूले उहाँमाथि र पार्टीमाथि नियोजित प्रहार गरिरहेका छन, भने देशविरुद्ध नकारात्मक शक्ति र विदेशी हस्तक्षेप सक्रिय भएको बताए ।
उनले भने केही कथित राजनितिक दलहरुले बिदेशी शक्तिसंग साटगाटँ गरि ओली र नेकपा एमालेलाई निसाना बनाएका छन, भने “अध्यक्ष ओली र हाम्रो पार्टीले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न अग्रणी भूमिका खेलेका कारण केही अन्तर्राष्ट्रिय शक्ति असन्तुष्ट छन । र त्यसैको परिणामस्वरूप अहिले योजनाबद्ध रूपमा एमाले र अध्यक्ष ओलीमाथि प्रहार भईरहेको टिप्पणी गरे ।
उनले हालै ‘जेन्जी पुस्ता’को नाममा देशमा चलाईएको आन्दोलन र अराजक गतिविधिहरू त्यही षड्यन्त्रको हिस्सा भएको जिकिर गर्दै उक्त अभियानमार्फत देशका महत्वपूर्ण संरचना, संवेदनशील दस्तावेज र सांस्कृतिक सम्पदामाथि प्रहार गरी राष्ट्रिय अखण्डतालाई कमजोर पार्ने प्रयास गरिएको उनले ठोकुवा समेत गरे ।
उनले भने, “देशको अस्तित्व र अस्मितामाथि प्रहार गर्ने काम कुनै पनि राष्ट्रभक्त नेपालीले गर्न सक्दैन । त्यसैले हामी सबैले समयमै सतर्क हुनुपर्छ । उनले जनतामाझ भ्रम फैलाउने, राजनीतिक अस्थिरता बढाउने र देशभक्त नेतृत्वलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो कार्य मुलुकको दीर्घकालीन हितविपरीत भएको बताए ।
नेता हजराले नेपालको राजनीति अहिले एउटा निर्णायक मोडमा छ । यो बेला राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्ने सबै गतिविधिको विरोध गर्नुपर्छ । एमालेले सदैव राष्ट्रियता र जनताको पक्षमा उभिएको छ, र आगामी दिनमा पनि उभिरहनेछ भने उनले प्रतिबद्धता समेत जनाए ।
उनले पूर्व प्रधानमन्त्री ओलीको कार्यकालमा भएका ठूला विकास परियोजनाहरू, पूर्वाधार विस्तार, ऊर्जा आत्मनिर्भरता र कूटनीतिक सन्तुलनलाई इतिहासमा उल्लेखनीय उपलब्धि मानेको हजराले स्मरण गराए । उनले ओलीको नेतृत्वमा देशले आर्थिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र विकासको दिशा लिएको थियो, अहिले त्यही उपलब्धि कमजोर पार्ने खेल भईरहेको उनको टिप्पणी थियो ।
उनले नेपालका युवा पुस्तालाई भ्रममा नपरी देशको हितमा लाग्न आग्रह गरेका हुन । “युवा हाम्रो भविष्य हुन । तर विदेशी स्वार्थ र गलत जानकारीको असरमा पर्नुभएन, भने देशको भविष्य आफ्नो हातमा रहेको बुझेर सशक्त रूपमा राष्ट्रको पक्षमा उभिनु आवश्यक रहेको बताए ।
नेता हजराले सबै देशभक्त शक्ति, नागरिक र संगठनहरूलाई राष्ट्रवाद, विकास र समृद्धिको मार्गमा अडिग रहन आह्वान गर्दै उनले भने देशलाई अस्थिर बनाउने, विकास रोक्ने र राष्ट्रवादी नेतृत्वमाथि प्रहार गर्ने कुनै पनि गतिविधि स्वीकार्य नरहेको बताउदैं हामी जनताको समर्थनमा राष्ट्रहितको बाटोमै अघि बढ्नेछौं भने धारणा राखेका थिए ।
अन्तयमा नेता हजराले भने पार्टी भित्र गुटउपगुट बन्द गरौं, नेकपा एमालेको नेतृत्वको कुरा महाधिवेशनमा गर्ने, अहिले पार्टीको नेतृत्व गर्ने ओली बाहेक अरु बिकल्प छैन्न, भ्रममा नपरौं यस्ता संकटको समयमा पार्टी भित्र मनमोटावलाई समाप्त गरि पार्टीलाई बलियो बनाउन एक ढिक भएर अगाडी बढन सम्पुर्ण पार्टीपक्तिंलाई आग्रह समेत गरेका हुन ।