वीरगंज, चैत ०१ , भगवान कुर्मी
नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग (ओ बि सी) महासंघको प्रथम परवानीपुर गाउँपालिका अधिवेशन आज सम्पन्न भएको छ । महासंघका परवानीपुर गाउँपालिका संयोजक नन्दकिशोर साहको अध्यक्षता र महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश निषादको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। नेकपा एमालेको मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियानलाई निरन्तरता दिदैं सम्पन्न पालिका अधिवेशनबाट अध्यक्षमा बिन्दु साह, उपाध्यक्ष सुरेश साह, सोनु यादव, सचिव निरन्जन सोनि, कोषाध्यक्ष विश्वनाथ गुप्ता, सदस्यहरू सुनिता रौनियार, राम पुकार यादव, हिरा साह, राजु महतो लगायतको रहेका छन ्।
यसैगरी कार्यक्रममा(लोसपा)का सदस्य किशोरी साह, ओमप्रकाश साह, अवधकिशोर साह लगायतका नेताहरू आज नेकपा एमालेमा प्रवेश गरेका छन ्। कार्यक्रममा महासंघका केन्द्रीय उप महासचिव धनराज गुप्ता, नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य उमेश गुप्ता, एवम् परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मी, बारा जिल्ला सदस्य सिमा खातुन,महासंघका मधेस प्रदेश अध्यक्ष गजेन्द्र पटेल, सचिव भगवान कुर्मी, लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।